Breaking: क्यानडा, जापान पठाइदिन्छु भन्दै पाैने २ कराेड ठगी गर्ने यादव सर्लाहीबाट पक्राउ


सर्लाही – क्यानडा,जापान, पोर्चुगल लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी पर्ने व्यक्ति बरहथवाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-२ भेल्हीका ३९ वर्षीय संजय यादव रहेका छन् ।

पीडितहरुले नै उनलाई सोमबार साँझ सर्लाहीको बरहथवा बजारस्थित नयाँ नेपाल बैंक चौकबाट नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका छन् ।

प्रहरीका अनुसार विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेको आरोपमा ऊनीमाथि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पक्राउपुर्जी जारी भएको थियो। उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म लिएर पौने २ करोड रुपैयाँ ठगी गरेकाे खुलेकाे छ ।

पीडितहरुसँग पैसा लिएपछि यादव सम्पर्कबिहीन हुने गरेका थिए ।

प्रतिक्रिया