कलंकीबाट स्रोत नखुलेको १९ लाख नगदसहित २ जना पक्राउ


काठमाडाैं- जिल्ला प्रहरी परिसर काठमाडाैंले स्रोत नखुलेको १९ लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडाैं महानगरपालिका–१४ कलंकीमा शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले निगरानी गर्दा १९ लाख रुपैयाँ बरामद गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

प्रहरी टोलीले दोलखाको विगु गाउँपालिका–४ घर भई काठमाडाैं–१४ कलंकी बस्ने ३५ वर्षीय सावित्री वली र काठमाडाैं–२३ न्युरोड बस्ने २५ वर्षीय सुरेश वलीलाई नगदसहित पक्राउ गरेको छ ।

आरोपी दुवै जनाले न्युरोडमा भारतीय नागरिकको कार्यालयमा काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया