नेवानिकाे केन्द्रीय कार्यालयमा ‘क्याविन क्रु’को धर्ना जारी


काठमाडौं- नेपाल वायु सेवा निगममा कार्यरत क्याविन क्रु (एयरहोस्टेस) हरूले केन्द्रीय कार्यालयमा आज पनि  धर्ना जारी राखेका छन् ।  सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै उनीहरू लामो समयदेखि आन्दोलित छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याबिन क्रुको मागलाई पटक-पटक वेवास्ता गरेकाले विरोधको कार्यक्रम गर्न बाध्य भएको संघले जनाएकाे छ ।

सर्वोच्च अदालतले कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको अवहेलना गर्दै क्याविन क्रुलाई अवकाश दिन लागिएको, सेवा सुविधामा भेदभाव गरिएको संघका सदस्य बताउँछन् ।

 

प्रतिक्रिया