टी–२० विश्व अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा


काठमाडौं- नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्र चार स्थानमाथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् ।

नेपाली खेलाडीले आईसीसीको विश्व वरीयतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो ।

इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडि छन् । उनले अस्ट्रेलियाका मार्कुस स्टोनिस, जिम्बाब्वेका शिकन्दर राजालगायतका स्टारलाई पछाडि पारेका छन् ।

प्रतिक्रिया