अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित युवायुवती पक्राउ


कैलाली- अत्तरियामा होटेलबाट ३ जना महिला पुरुष पक्राउ परेका छन् । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित युवायुवती पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका-२ आदर्श गल्ली नं १ मा रहेको रोहित होटेल एण्ड लजबाट सञ्चालकसहित २ महिला र १ पुरुष गरी ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

अनैतिक क्रियाकलाप भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया