तारकेश्वर धामको प्रतिक्षालय पेटीमा महिला मृत फेला


काठमाडौं- बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।

प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान अघि बढाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया