बाढी, पहिरोबाट ८ विद्यार्थीको मृत्यु, ५३ विद्यालयमा क्षति


काठमाडौं- बाढी, पहिरोका कारण हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार ६ जनाको मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बात्सल्यदेवि माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको बताइएको छ । बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको हो ।

बाढी, पहिरो तथा डुबानका कारण देशभरका १२ जिल्लाका ५६ वटा विद्यालयमा प्रभावित बनेका छन् । तीमध्ये ५३ विद्यालयमा क्षति पुगेको छ भने ३ विद्यालयमा विपद् प्रभावितका लागि प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया