महालक्ष्मीकाे शव किन ५९ टुक्रा बनाए प्रेमीले ? सुसाइड नोटले खोल्यो रहस्य


काठमाडौं- गत शनिबार भारतको बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेकी २९ वर्षीया महालक्ष्मी दासका हत्यारा मुक्ति रञ्जनले आत्महत्या गरिसकेका छन् । पुर्ख्यौली घर डडेल्धुरा भएकी महालक्ष्मी बेंगलुरुको व्यालिकवल क्षेत्रमा बस्दै आएकी थिइन् ।

महालक्ष्मीको मुल घर डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ४ लामजिल्ले घर भएका करनसिंह रानाकी छोरी रहेको खुलेको थियाे । उनको विवाह हेमन्त दाससँग भएको थियो । तर, घरायसी विवादका कारण दुवै जना ९ महिनाअघिदेखि अलग बस्न थालेका थिए ।

महालक्ष्मीको हत्या गरी शव ५९ टुक्रा पारेको अपराध स्विकारेपछि किन  उनका प्रेमी मुक्ति रञ्जनले आत्महत्या गरे ? मुक्ति रञ्जनको डायरीमा लेखिएको नोटबाट त्यसकाे खुलासा भएको छ । मुक्ति रञ्जनको शव ओडिशाको भद्रक जिल्लामा रहेकाे उनकाे जन्मभूमि गाउँ भुईनपुरमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । प्रहरीले घटनास्थलबाट मुक्ति रञ्जनको झोला, नोटबुक र स्कुटर समेत फेला पारेको छ ।

मुक्ति रञ्जनले नोटबुकमा सुसाइड नोट लेखेका थिए । नोटको आधारमा, बेंगलुरु पुलिसले मुक्तिले अपराधको कारण आफ्नो जीवन समाप्त गरेको दाबी गरेको छ। पक्राउको डरले मुक्तिले यस्तो कदम चालेको आशंका गरिएको छ । उनलाई पक्रन बेंगलुरु प्रहरीले पछिल्ला केही दिनदेखि ओडिशामा क्याम्प राखेको थियो। प्रहरी टोली नजिक पुगेपछि पक्राउको डरले उनले आफ्नै ज्यान लिएकाे खुलेकाे छ ।

सुसाइड नोटमा के छ ?
मुक्ति र महालक्ष्मी बेंगलुरुको एउटा मलको कपडा आउटलेटमा सँगै काम गर्थे । दुवैले एकअर्कालाई मन पराउँथे तर महालक्ष्मीले मुक्तिलाई विवाह गर्न दबाब दिइरहेकी थिइन् भने मुक्ति उनीसँग विवाह गर्न चाहँदैनन् । मुक्तिले बिहे गर्न राजी नभएपछि महालक्ष्मीले उनलाई दबाब दिन थालिन् । जसका कारण दुवैबीच झगडा हुने गरेको थियाे । महालक्ष्मीले मुक्तिलाई धम्की दिएर पैसा र गहनाको माग गर्न थालिन् ।

महालक्ष्मीको यातनाबाट दिक्क भएर मुक्तिले उनको घाँटी थिचेर हत्या गरेकाे उनले लेखेका छन् । हत्या गरेपछि मुक्तिले शवलाई टुक्रा टुक्रा पारेर फ्रिजमा लुकाएका थिए । सेप्टेम्बर ३ मा झगडापछि घटना भएको बताइएकाे छ । सोही दिनदेखि प्रहरीले मलबाट मुक्ति बेपत्ता भएको सुराक पाएपछि  उनीमामाथि प्रहरीको शंका गहिरिँदै गएको थियो । उनलाई पक्राउ गर्न प्रहरी ओडिशा पुगेको थियो तर त्यतिन्जेल उनले सुसाइड नोट लेखेर आत्महत्या गरिसकेका थिए ।

सुसाइड नोट अंग्रेजी र ओडिया भाषामा लेखिएको प्रहरीले जनाएको छ । ‘म महालक्ष्मीलाई माया गर्थे, तर उनको व्यवहार मेरो लागि राम्रो थिएन। उनले मलाई अपहरणको मुद्दामा फसाउने धम्की दिइन् । मैले  धेरै पैसा खर्च पनि गरेकाे थिए’ उनले नाेटमा लेखेका छन् ।

आत्महत्या गर्नुअघि आमा र भाइलाई सुनाइएको कथा
बेंगलुरु प्रहरीका अनुसार मुक्ति रञ्जनले आत्महत्या गर्नुअघि सम्पूर्ण घटनाबारे आफ्नी आमा र भाइ सत्यलाई बताएका थिए । मुक्ति रञ्जनले आफ्नी आमासँग महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका थिए । उनले आफ्नी आमालाई महालक्ष्मीलाई माया गरेको कुरा बताउँथे, तर महालक्ष्मीले उनलाई झूटो मुद्दामा फसाउने धम्की दिएकाे बताएका थिए ।

केरलामा पनि उनलाई अपहरणको मुद्दामा पक्राउ गरिएको थियो । उनले भाइ सत्यलाई पनि महालक्ष्मीको हत्या गरेको र शव टुक्रा-टुक्रा पारेर फ्रिजमा लुकाएको बताएका थिए ।

प्रतिक्रिया