इन्स्पेक्टर बिनु शाही विवादमा, आर्थिक अपचलन गरेको आरोप


काठमाडौँ – ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही विवादमा तानिएकी छन् । आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ ।

बलात्कार घटनालाई रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन् । उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।

प्रतिक्रिया