कार्यालय समयमा टीएमएस नचलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यालय समयमा टीएमएस नचलाउन निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी मातहतका सबै निकायका निम्ति मंगलबार सूचना जारी गर्दै कार्यालय समयमा टीएमएस ट्रेड म्यानेज्मेन्ट सिष्टम (टीएमएस) प्रयोग नगर्न भनेको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार सो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कार्यालय समयमा प्रयोग गरे नगरेकोबारे प्रविधिमार्फत् चेकजाँच गर्न पनि मन्त्रालयको आदेश छ ।

मन्त्रालयले फेसबुक, म्यासेन्जर, एक्स लगायतका सामाजिक सञ्जाल भने कार्यालय प्रयोजनका निम्ति प्रयोग गर्न भनेको छ ।

प्रतिक्रिया