गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण


काठमाडौं- गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ । उनी आफैंले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

तीजको अवसरमा जापान र अष्ट्रेलिया लगायतका देशमा आफ्नो प्रस्तुति दिएर फर्किएकी उनी केही दिनमा अमेरिका जाने कार्यक्रम छ ।

पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको हो ।

 

प्रतिक्रिया