टिकटकमा खुँडा देखाउँदै भिडियो बनाउने ओमकुमार पक्राउ


काठमाडौं- सामाजिक सञ्जाल टिकटकमा खुँडा देखाउँदै भिडियो बनाएर त्रास फैलाएकाे आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् ।

उनलाई सामाजिक सञ्जाल टिकटकसहित फेसबुक,  इन्स्टाग्राममा हातहतियार देखाउने, अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबार वीरगञ्ज-प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीले बताएकाेृ छ ।

 

प्रतिक्रिया