डडेल्धुरा घर भएका डा केसीको निधन


काठमाडाैं- डडेल्धुरा घर भइ हाल  चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा. सजन केसीको निधन भएको छ । डा. केसीको ४४ वर्षको उमेरमा ह्दयघातका कारण आज (आइतबार) काठमाडौंमा निधन भएको हो ।

विगत ६ वर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो । उनी अस्पतालका १० औं तहका चिकित्सक हुन् ।

डा. केसी  विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत थिए ।   डडेल्धुराकाे अमरगढी नगरपालिका–४ खलंगा पुख्यौली घर भएका उनले  चितवनको पुरानो मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए । त्यसपछि केसीले  नेम्सबाट एमडी गरेका थिए ।

हाल काठमाडाैंमा बस्दै आएका उनी कैलालीकाे सेती प्रादेशिक अस्पतालकाे मेसु पनि भएका थिए । एमबिबिएस सकेपछि उनका बुवाकाे आग्रहमा उनले गृहजिल्ला डडेल्धुरा गएर सेवा दिएका थिए । २०६२ सालमा जिल्ला अस्पताल डडेल्धुरामा काम गरेका उनी हाल भरतपुरमा बसेर बिरामीको सेवा गर्दै आएका थिए ।

प्रतिक्रिया