प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । प्रतिनिधि सभा बैठक सूचना टाँस गर्दै स्थगित गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक आइतबार ३ः१५ बजे बस्नेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । बिहीबारको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट नहटाउने बताएका थिए ।

त्यसमा माओवादी केन्द्रले आपत्ति जनाउँदै सभामुखको निर्णय स्वीकार नगर्ने भन्दै सदन अवरोध गरेको थियो ।

सोही विषयमा सहमति जुटाउन आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर‚ बैठकमा सहमति जुट्न सकेन । माओवादीले सदन अवरोध जारी रहने बताइसकेको छ ।

pp

प्रतिक्रिया