अमेरिकामा हत्या गरिएकी मुनाको अन्त्येष्टि


काठमाडाैं- अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टि गरिएको छ । सोमबार साँझ परम्परागत हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुनाकी आमा नेपालबाट गएको साता ह्युस्टन पुगेकी थिइन् ।

मुनाको शव दुई साताअघि अगस्ट २६ मा उनकै अपार्टमेन्टमा फेला परेको थियो । उनलाई चार गोली हानिएको थियो ।

पाण्डेको शव फेला परेको दुई दिनपछि उनलाई गोली हान्ने ५१ वर्षीय बबी सिंह शाह भएको पहिचान गरिएको थियो । शाहलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ ।

 

प्रतिक्रिया