ललितपुरबाट ८ जना जुवाडे पक्राउ


ललितपुर– ललितपुरको गोदावरी नगरपालिका-१४ ठैब बस्ने ५२ वर्षीय जगत वीर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत वीर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया