क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु


ललितपुर- क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेर गम्भीर घाइते भएकी पुनमाया तामाङको मृत्यु भएको छ । उनले शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी थिइन् ।

काठमाडौं महानगरपालिका-८ निवासी  ६४ वर्षकी तामाङ क्यान्सर अस्पतालमा थाइराइडको उपचार गराइरहेकी थिइन्।

उनलाई अस्पतालकै आइसियुमा राखेर उपचार गराइएकोमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया