आईसीसी अध्यक्षमा बीसीसीआईका सचिव शाह निर्विरोध निर्वाचित


काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित शाहको कार्यकाल डिसेम्बर १, २०२४ देखि सुरु हुनेछ। वर्तमान आईसीसी अध्यक्ष न्युजिल्यान्डका ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदै छ। उनले यो पद लगातार दोस्रोपटक सम्हालेका हुन्।

३५ वर्षीय जय शाह आईसीसीको सबैभन्दा कान्छो अध्यक्ष बनेको बीबीसी हिन्दीले दाबी गरेको छ। जय शाहले आईसीसी टोली र सदस्य राष्ट्रहरूका साथमा क्रिकेटलाई विश्वभर फैलाउन प्रतिबद्ध रहेको विज्ञप्ति मार्फत जनाएको छ । जय शाह आईसीसीको शीर्ष स्थानमा पुग्ने पाँचौँ भारतीय हुन्।

यसअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले यो पदमा काम गरिसकेका छन्।

 

प्रतिक्रिया