ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक प्रहरी नियन्त्रणमा
काठमाडौँ – गौरा पर्वको अवसरमा सुदूरपश्चिम सांस्कृतिक समाजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र भाषणको बेला हुलहुज्जत मच्चाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन ।
प्राप्त फोटो र भिडिओका आधारमा केहीलाई निगरानीमा राखिएकोसमेत प्रहरीले जनाएको छ ।
घटनाबारे सोधपुछ तथा थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।