प्रधानमन्त्री ओलीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको भवन उद्घाटन

प्रधानमन्त्री भन्छन्, 'हनुमान ढाेकामा रहेका उडुसलाई पनि चिनेको थिएँ'


काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले औपचारिक रुपमा आज (सोमबार) देखि आफ्नै भवनबाट कार्य सम्पादन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिसरको भद्रकालीमा नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले नाकाबन्दी र भुइँचालोको समयपछिको अवधिमा जग्गा प्राप्ति गर्दाको अवस्थाको प्रसंगलाई प्रस्ट्याएका थिए । उनले आफू परिसरको हनुमानढोकास्थित भवनमा धेरै समय बसेको जनाउँदै त्यहाँका उडुसलाई पनि चिनेको प्रसंग स्मरण गराउँदै यो नयाँ भवन उत्कृष्ट लोकेशनमा निर्माण भएको समेत जनाए ।

एक विशेष समारोहबीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेको नयाँ भवनमा जिल्ला प्रहरी परिसरले असार २६ देखि सेवा दिँदै आएको थियो ।

परिसरका अनुसार भवनको मुख्य भागमा परिसरमा कार्यरत एसएसपीदेखि इन्स्पेक्टरसम्मका लागि छुट्टाछुट्टै कक्ष रहेका छन् भने भवनमा हिरासत कक्षसमेत निर्माण गरिएको छ ।

अन्डरग्राउन्डमा पार्किङ गरिने उक्त भवनमा १ सय गाडी र २ सयभन्दा बढी मोटरसाइकल अटाउने जनाइएको छ । साथै भवनभित्रै २ वटा बैठक कक्ष पनि छन् । जसमा एउटामा २ सय जना अटाउने क्षमता छ भने अर्कोमा १  सय जना अटाउनेछन् । साथै उक्त भवनमा कर्मचारीहरुका लागि सुविधासम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष र मनोरञ्जन कक्षसमेत निर्माण गरिएका छन् ।

हरेक कोठा पूर्णप्रकाशयुक्त रहेको भवनमा वास्तुविज्ञानलाई समेत पालना गरिएको जनाइएको छ ।

प्रतिक्रिया