ममताका पतीले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको प्रहरीको आरोप


काठमाडौं- अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको आरोप लागेको छ । प्रहरीले अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको उल्लेख गरेको सीएनएनले बताएको छ ।

सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ ।

अदालतले नर्स ममताको शव लुकाएको आरोप भट्टलाई लगाएको छ । उनको घरमा खोजी वारेन्ट जारी गरेपछि बिहीबार भट्टलाई पक्राउ गरिएको थियो र शुक्रबार अदालतमा उपस्थित भएका थिए ।

भर्जिनिया बस्दै आएकी ममता ३ हप्ताभन्दा बढी समयदेखि बेपत्ता छिन् ।

 

प्रतिक्रिया