हामीलाई कुनै गल्ती गर्ने छुट छैन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै सरकारले प्रतिफल देखिनेगरी काम गरिरहेको बताए ।

‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्योल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै सुविधा छैन । कुनै छुट छैन ’ उनले भने ।

उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र यसको कार्यान्वयनको पक्षमा स्पष्ट र दृढ रहेको स्पष्ट पारे ।

यस्तै ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका छन् ।

सबै कुरालाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको उनले बताए ।

प्रतिक्रिया