मंकीपक्सबाट कंगोमा ५७० जनाको मृत्यु


काठमाडौं- मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपत्काल घोषणा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७०० जनामा संक्रमण देखिएको र तीमध्ये ५७० जनाको मृत्यु भइसकेको बताए । भाइरसबाट धेरै संक्रमित भएकाहरू युवा छन् ।

सन् २०२२ डिसेम्बरमा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देश र महाद्वीपबाहिरका अरू धेरैलाई असर गरेको छ ।

त्यहाँका स्वास्थ्यमन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठूलो मात्रामा संक्रमण फैलनबाट रोक्न मद्दत गरेको बताए ।

अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार, २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाको संख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया