समर्थन फिर्ता र नयाँ सरकार निर्माणबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेत्री पम्फा भुसालले जानकारी दिएकी छिन् । उनका अनुसार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुनेछ ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण नयाँ समीकरण बन्न नसकेको कांग्रेस र जनता समाजवादीको बुझाइ छ । तर, माओवादीले भने ओलीको विकल्पमा सरकार बनाउने पहल पूरा नभई समर्थन फिर्ता लिँदा झन् समस्या पर्न सक्ने बताउँदै आएको छ ।

प्रतिक्रिया