प्रतिनिधिसभाको पाचौँ बैठक भोलि बस्दै, यी हुन् सम्भावित कार्यसूची


काठमाडौं – प्रतिनिधिसभाको सातौँ अधिवेशनको पाचौँ बैठक मंगलबार बस्दैछ । मंगलबार १ बजेका लागि बैठक बोलाइएको हो । साथै संसद सचिवालयले बैठकका सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल प्रसाद श्रीवास्तव एक वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रधानमन्त्रीले पेश गर्ने दुई वार्षिक प्रतिवेदन
-न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन

-महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने कार्यसूची संसद सचिवालयले राखेको छ ।

 

प्रतिक्रिया