मंकीपक्स फैलिएपछि डब्लूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा


काठमाडाैं- अफ्रिकाका केही भागमा एमपोक्स अर्थात मन्कीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य इमर्जेन्सी घोषणा गरेको छ ।

संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रुपमा समेत व्याख्या गरेको छ। एमपोक्स एक संक्रामक रोग हो ।

अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन्। अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ ।

वैज्ञानिकहरूले पनि रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार र उच्च मृत्यु दरमा आफ्नो चिन्ता व्यक्त गरेका छन् ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।’

एमपोक्स संक्रमित व्यक्तिहरूको नजिक हुँदा फैलनसक्छ । यो रोगमा ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिन्छन् भने बिरामीहरूको छालामा घाउहरू पनि हुन सक्छन् ।

यस रोगबाट पीडित १०० मध्ये चार जनाको मृत्यु हुन्छ ।

 

प्रतिक्रिया