स्वतन्त्रता दिवसमा भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार


काठमाडौं-  भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ ।

भारतीय दूतावासले आज एक विशेष कार्यक्रम गरी स्कुल बस र एम्बुलेन्स नेपाललाई हस्तान्तरण गरेको हो । स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको भारतले हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरिसकेको छ ।

पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको, ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजना शिलान्यास गरिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया