मन्दीर गइरहेका आमाछोरा दुर्घटनामा परे, छोराको मृत्यु, आमा गम्भीर घाइते


काठमाडाैं- रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।  मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीया अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले जानकारी दिए ।

लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा निधन भएको पण्डितले बताए ।

दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी गम्भीर घाइते भएकी छन् । उनको उपचार भइरहेको छ ।  साउनको अन्तिम सोमबार उनीहरू परोहा परमेश्वर बोलबाम धाम मन्दीर जाँदै थिए ।

यस्तै मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारू पनि घाइते भएका छन् । उनकाे पनि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया