

३ करोड उठाएर अपि–सैपाल सहकारीकी कर्मचारी फरार

कैलाली- कैलालीको अत्तरियामा रहेकाे अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत एक महिला फरार भएकी छन् । सहकारीमा एक करिब १२ वर्षदेखि बजार प्रतिनिधिको रुपमा कार्यरत बिना चौधरी (योगी) एक दर्जनभन्दा बढी व्यक्ति तथा व्यापारीबाट पैसा उठाए फरार भएकी हुन् ।
झण्डै तीन करोड रुपैयाँ उठाएर उनी फरार भएको भन्दै बचतकर्ताहरु आत्तिएका छन् । उनी करिब एक महिनादेखि सम्पर्कविहिन छन्।
उता अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललित रोकायाले बिना सहकारीकै ५/७ लाख रुपैयाँ लगेर फरार भएको बताए । उनले यो विषयमा प्रहरीलाई जानकारी गराइसकिएको बताएका छन् ।

