माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ ।

अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल हुनेछ ।

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया