लहानमा ट्र्रकको ठक्करबाट दाइको मृत्यु, भाइ घाइते


जनकपुरधाम — पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका १२ मा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृतकका भाइ भने घाइते भएका छन् ।

मृत्यु हुनेमा लहान नगरपालिका १२ कै अन्दाजी ५० वर्षीय बद्री विक छन् । उनका भाइ अन्दाजी ३५ वर्षीय ईश्वर विक घाइते भएको इलाका प्रहरीले जनाएको छ ।

साइकल चढेर दाजु-भाइ घरतर्फ जाने क्रममा ना १ ख २०१० नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते बद्रीलाई चालकले ट्रक ब्याक गरी किचेको स्थानीयको आरोप छ ।

घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेको थियो । घाइते ईश्वरलाई उपचारका लागि विराटनगर लगिएको छ भने अहिले राजमार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया