तिब्बत आयात एक्स्पोमा १२९ नेपाली व्यवसायीको सहभागी
काठमाडौँ – चीनको तिब्बतमा आइतबारबाट तिब्बत आयात एक्स्पो सुरु भएको छ । एक्स्पोको नेपाल सबैभन्दा ठूलो सहभागिता भएको देश हो ।
३० देशका २७८ व्यवसायी भएकोमा नेपालको एकल १२९ सहभागिता भएको ल्हासाका नेपाली महावाणिज्यदूत नवराज ढकालले जानकारी दिएका छन् ।
ढकालका अनुसार तिब्बतमा पछिल्लो एक बर्समा भएका व्यापार महोत्सवमा ८०० नेपालीले सहभागिता जनाइसकेका छन् । आजको एक्स्पो उद्घाटन समारोहमा प्रमुख वक्तामा एक थिए ढकाल । तिब्बतमा नेपालसँगको व्यापार बढाउन स्थानीयकै माग छ ।
चीनको गत फागुन महिनामा सम्पन्न भएको दुई सत्र अर्थात् टु सेसनमा तिब्बतका चिनियाँ व्यापारीले यस्तो आग्रह गरेका थिए । तिब्बतका जनराजनीतिक सल्लाहकार सभाका प्रतिनिधि तथा तिब्बतको उद्योग वाणिज्य महासंघका अध्यक्ष दुजि सिचुले यस्तो प्रस्ताव गरेको सत्रको दौरान ग्लोबल टाइम्सले उल्लेख गरेको थियो ।