सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्विप


काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन्।

शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गर्ने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले अहिले ४ बजेबस्ने प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।

उनको पक्षमा बहुमत नपुग्ने स्पष्ट देखिन्छ । मुख्यमन्त्रीबाट सोडारी पदमुक्त भएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार निर्माणका लागि आह्वान गर्नेछन् ।

प्रतिक्रिया