प्युठानमा एकैघरका ३ जनामा हैजा, कैलालीमा थपिए सङ्क्रमित


प्युठान- प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।

जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा ३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जैसीले बताए । हैजाको संक्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उता कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । कैलालीमा मात्रै हैजाका बिरामीको सङ्ख्या ८ पुगेको छ ।

योसँगै देशभर २५ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

प्रतिक्रिया