
देउवा सुदूरपश्चिमका मुख्यमन्त्री बन्दै !
काठमाडाैं- सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवाकाे नाम अगाडि सारिएको छ । भोलि (शुक्रबार) दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले दलको नेता टुंगो लगाउने र नेता देउवालाई बनाउने तयारी रहेको एकजना प्रदेशसभा सदस्यले बताए ।
केन्द्रमा सहमति भइसकेकाले पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको बताइएको छ ।
देउवा सुदूरपपश्चिम सरकारको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनको पक्षमा बहुमत सदस्यहरू हुने दाबी भएकाले सकभर सहमतिमै दलको नेता छान्ने तयारी भएको छ ।
कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, बहादुर सिंह थापा र दिवान सिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन् ।
नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद कांग्रेसको भागमा परेको थियो ।
सुदूरपश्चिममा नेपाली कांग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन् भने एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन् । कांग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन् ।
उता नागरिक उन्मुक्ति पार्टी(नाउपा)का सात जना प्रदेश सभा सदस्यहरू छन् । नाउपाले कांग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुनै निर्णय गरेको छैन ।



कागजपत्र |
