नेपालकै पहिलो ‘करपात्रो’ सार्वजनिक


काठमाडौं – नेपालकै पहिलो करपात्रो सार्वजनिक गरिएको छ । नेपाल ट्याक्सपेयर्स सोसाइटीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी करपात्रो (आर्थिक पात्रो) सार्वजनिक गरेको हो ।

सोसाइटीका अध्यक्ष टीका कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त पात्रो आन्तरिक राजस्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले सार्वजनिक गरे ।

तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष प्रवीणकुमार झा, नेपाल चार्टड एकाउन्टेन्ट्स संघका अध्यक्ष अरुणकुमार राउत, नेपाल अटीटर्स एशोसिएसनका अध्यक्ष केदारनाथ पौडेल, एसीसीए नेपालका प्रमुख रविन कटवाललगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रमका सहभागीहरुले उठाएका प्रश्नहरुको सम्पन्धित विषयविज्ञहरुले जवाफ समेत दिएका थिए ।

प्रतिक्रिया