माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो


काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सरेको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको नेताहरूको व्यस्तताका कारण २ घण्टा पछाडि सरेको हो ।

बैठक अब दिउँसो १ बजे बस्नेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

सरकारले गरेको राम्रो काम जनतामाझ लैजाँदै अब एकजुट भएर जनतामाझ जानुपर्ने नेताहरुको सुझाव छ ।

प्रतिक्रिया