

गेष्टहाउसमा भेट्न बोलाई पुरुषलाई ब्ल्याकमेल गर्ने दुई महिलासहित ३ पक्राउ

काठमाडौँ – पुरुषलाई विभिन्न लोभ देखाई ठग्दै आएका दुई महिलासहित तीन जनालाई प्रहरीले पक्राउ परेका छन् ।
हनी ट्र्याप’को को रुपमा कपन र इमाडोल बस्ने पुरुषहरुलाई फसाएको आरोपमा नुवाकोट घर भई हाल स्वयम्भू बस्दै आएका शंकर खनाल, जाजरकोट घर भई गोंगबु बस्ने बस्ने २८ वर्षीया संगीता शाह (रितु) र सिन्धुपाल्चोक घर भइ गोंगबु बस्ने २१ वर्षीया सुस्मिता गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
यी गिरोहले कपन र इमाडोल बस्ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा भेट्न बोलाइ कोठामासँगै बसेर गोप्य रुपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गरी ५ लाख मागेको प्रहरीले जनाएको छ ।
यसअघि जबर्जस्ती करणीको झुटो उजुरी दिने दुई महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ परेकी थिइन् । त्यस्तै विभिन्न पुरुषहरुलाई सुन्धारास्थित होटलमा बोलाइ ब्ल्याकमेल गर्ने दुई महिलाहरु घट्टेकुलोबाट पक्राउ परेका थिए ।

