सर्बियामा भ्यान पल्टँदा नेपालीसहित ३० जना घाइते


बेलग्रेड – दक्षिणपूर्वी सर्बियामा एक यात्रीवाहक भ्यान पल्टँदा अफगानी र नेपाली आप्रवासी गरी ३० जना घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ ।

आरटीएसका अनुसार, तीन आप्रवासी अस्पतालमै छन् । अरूलाई सामान्य उपचारपछि शरणार्थीका निम्ति सञ्चालित ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ । ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाएको छ ।

गएको शुक्रबार पनि बेला पलाका सहरनजिकैको राजमार्गमा करिब ५० आप्रवासी सवार भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली संघ (ईयू)तर्फ जाने आप्रवासीले प्रयोग गर्ने ‘बाल्कन’ मार्गमा पर्छ । सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।

प्रतिक्रिया