टेकु अस्पतालमा भर्ना भएका हैजाका बिरामी भागेपछि…


काठमाडाैं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका तीनजना हैजाका बिरामी भागेका छन् ।

आइतबार उपचारका लागि भर्ना गरिएका उनीहरू मंगलबार राति भागेका अस्पतालको आकस्मिक कक्षका इन्चार्ज भानेश्वर यादवले जानकारी दिए । उनीहरूमध्ये एकजना शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुईजना वार्डबाटै भागेका बताइएको छ ।

ललितपुरको ठैबस्थित नशारहित समाजद्वारा सञ्चालित पुनःस्थापना केन्द्र (रिहाबिलिटेसन सेन्टर) मा हैजा संक्रमण भएको पुष्टि भएपछि चार जनालाई आइतबार टेकु अस्पताल ल्याइएको थियो । उनीहरूको खोजी भइरहेको बताइएकाे छ ।

 

प्रतिक्रिया