

ललितपुरमा देखियो हैजा

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा हैजा संक्रमण देखिएको छ । ठैवकाे एक पुनर्स्थापना केन्द्रमा चार पुरुषमा हैजा पुष्टि भएको वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए ।
केन्द्रमा रहेका ६ युवामा पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा चारजनामा हैजा पुष्टि भएको उनले बताए ।
बिरामीमध्ये टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुईजनाको उपचार भइरहेको छ । अरू दुईजनाको अवस्था सामान्य र पुनर्स्थापना केन्द्रमै छन् ।
हैजाको कारणबारे अनुसन्धान भइरहेको वडाध्यक्ष महर्जनले बताए ।

