ऐन मिचेर राखेप सदस्य सचिव घिसिङ फ्रान्समा, खेलकुद मन्त्रीलाई पनि पेरिस घुम्ने लोभ


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अहिले पेरिस ओलम्पिकका लागि फ्रान्समा छन् । राखेपको ऐन मिचेर उनी पेरिस पुगेका हुन् ।

राखेप ऐन अनुसार सदस्य सचिव विदेश भ्रमण गर्दा मन्त्रिपरिषद्‍को स्वीकृति लिनुपर्ने हुन्छ ।

तर, घिसिङ भने मन्त्रिपरिषद्‍को अनुमती बिनै पेरिस पुगेका छन् । उनी नेपालको सद्भावना दूतको रुपमा पेरिस गएका हुन् ।

घिसिङ पेरिस जाने कुराको प्रस्ताव आइतबार मात्र मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस भएको थियो । तर, उनी पहिले नै गइसकेका थिए ।

राखेपका कार्यबाहक सदस्य सचिव अन्जन खड्काले यस विषयमा आफूलाई कुनै पनि जानकारी नभएको भन्दै पन्छिन खोजे ।

सदस्य सचिव घिसिङ मन्त्रिपरिषद्‍को निर्णय नभएर नै पेरिस पुगेको कुरामा युवा तथा खेलकुद मन्त्रालयले कुनै प्रश्न गरेको छैन ।

नव नियुक्त युवा तथा खेलकुद मन्त्री पनि पेरिस जाँदैछन् । उनी केही दिनमा पेरिस जाने तयारीमा छन् । उनी २४ तारीखमा पेरिस जाने भएका हुन् ।

प्रतिक्रिया