नौकुण्ड गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ


काठमाडौं – रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन् । उनीसहित १० जना जुवा खालबाट पक्राउ परेका हुन् ।
कपन प्रहरी प्रभागले बुढानीलकण्ठ–१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया