प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए: माओवादी केन्द्र


काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि काम गर्न जंगबहादुरको शैलीमा निर्देशन दिएको आरोप लगाएको छ।

आइतबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्राधिकरणलाई हुकुमी शैलीमा निर्देशन दिएको भन्दै यसबाट यो सरकार किन र कसका लागि बनेको भन्ने प्रष्ट भएको जिकिर गरेका छन्।

उनले यो विषयमा तीन चरणमा यस विषयमा विवाद रहेको बताउदै संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमिति नै बनाएर अध्ययन गरेको तयार पारेको र ८ बुँदामा निर्देशनसमेत दिएको बताए।

साथै उनले विद्युत प्राधिकरणले विभिन्न समयमा पटक पटक उपसमिति बनाएको बताउँदै उनले विभिन्न समयमा यस बारेमा भएका अध्ययनलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।

प्रतिक्रिया