
ओली चौथो पटक प्रधानमन्त्री बन्दा विष्णु तेस्रो पटक अर्थमा
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्री बन्दा उनका सहयात्री तथा उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन् ।
पौडेलले आज उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका छन् ।
यसअघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलले राम्रो अर्थमन्त्रीको छबि बनाएका थिए ।
उनी यसअगाडि २०७२ सालमा अर्थमन्त्री बनेका थिए भने त्यसपछि २०७७ मा पुन: अर्थमन्त्रीमा दोहरिएका थिए ।
पौडेल २०५३ सालमा नै पहिलो पटक मन्त्री बनेका थिए । उनी पहिलो पटक २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए ।



कागजपत्र |
