
यस्तो छ नयाँ मन्त्रीहरूको वरीयताक्रम
काठमाडौं । सोमबार केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन्।
शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ खुवाए लगत्तै प्रधानमन्त्री ओलीले पनि मन्त्रीहरूलाई पद तथा गोपनियतताको शपथ खुवाएका हुन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले बुझाएको मन्त्रीहरूको वरीयताक्रम अनुसार आफूपछि कांग्रेसका प्रकाशमान सिंहलाई पहिलो स्थानमा राखेका छनभने आफ्नै पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई दोश्रो स्थानमा राखेका छन्।
यस्तो छ वरीयताक्रम
१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
५. रमेश लेखक – गृह
६. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७. आरजु राणा – परराष्ट्र
८. प्रदीप यादव – खानेपानी
९. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
११. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१३. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१४. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
१५. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१६. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
१८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१९. मानवीर राई – रक्षा
२०. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
२१. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
२२. ऐनबहादुर शाही – वन तथा वातावरण



कागजपत्र |
