यी १० नयाँ अनुहार, जसले पहिलोपटक मन्त्रालय सम्हाल्दैछन्…


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय वर्तमान मन्त्रिपरिषद्‌मा १० नयाँ अनुहार छन् भने त्यसतै १२ जना पुराना अनुहार छन् ।

मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नयाँ अनुहार धेरै छन् । कांग्रेसको संस्थापन पक्षले सिफारिस गरेका मध्ये सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नयाँ अनुहार हुन् ।

संस्थापनइतर समूहको सिफारिसमा मन्त्री बनेका चारैजना नयाँ अनुहार छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् ।

यस्तै, नेकपा (एमाले) का तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार छन् ।

नयाँ अनुहारको कार्यभारः

१. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

२. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

३. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास

४. ऐनबहादुर शाही – वन तथा वातावरण

५. तेजुलाल चौधरी – युवा तथा खेलकुद

६. आरजु राणा – परराष्ट्र

७. मानवीर राई – रक्षा

८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

९. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१०. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

प्रतिक्रिया