
ओलीको शपथ ग्रहणमा किन गएनन् माधव नेपाल ?
काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रममा सहभागी भएनन् ।
सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा नेपाल अनुपस्थित रहेका थिए ।
ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुगेका थिए ।
एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनाए देखिनै नेपालको ओलीसँगको सम्बन्ध राम्रो रहेको छैन ।
सोही कारण अध्यक्ष नेपाल प्रधानमन्त्री ओलीको शपथ कार्यक्रममा सहभागी नभएको बताइएको छ ।



कागजपत्र |
