प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप


काठमाडौं – कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले भोली बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेसका सांसदहरुलाई अनिवार्य उपस्थित हुन समेत निर्देशन दिइएको छ ।

कांग्रेस एमाले मिलेर सरकार बनाउने सहमतिपछि प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया