साउन ४ गते एफपीओ निष्कासन गर्दै सूर्योदय वोमी लघुवित्त
काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री गर्ने तयारी गरेको छ ।
लघुवित्तले आउँदो साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्दैछ ।
प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता एफपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटललाई तोकिएको छ ।
साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।